जजकमा १९ वर्ष कैद सजाय तोकिएका फरार तिवारी पक्राउ
पाेखरा | पुस २४, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्धामा फरार रहेका ७१ वर्षिय तारानाथ तिवारीलाई पक्राउ गरेको छ । कास्की प्रहरीको टोलीले तिवारीलाई पोखरा महानगरपालिका २८ माझठाना स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार पक्राउपछि उनलाई पहिले उच्च अदालतले फैसला गरे अनुसार कैद भोग्न अदालत पठाइएको छ ।
तिवारीलाई उच्च अदालतले तिवारीलाई जजक मुद्धामा २०७९ बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
तिवारीले २०७६ साउन ७ गते अपाङ्गता रहेकी नावालिग परिवर्तित नाम (पोखरा १३) लाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

